समाज

हेंवाखोलामा बनेको अस्थायी डाइभर्सनमा गुड्न थाले गाडी

पाँचथरको हेंवाखोलामा बनेको अस्थायी डाइभर्सनबाट चारपाङ्ग्रे सवारी साधन समेत गुड्न थालेका छन्। यसअघि दुई पाङ्ग्रे सवारी साधन र मानिस आवतजावत गर्नका लागि हेंवाखोलामा फड्के पुल बनाइएको थियो। निरन्तरको मेहनेत पछि बुधवार बिहानबाट अबेरबाट चारपाङ्ग्रे सवारी समेत कुद्न थालेका हुन्।

असाेज १२ गतेदेखि परेको अविरल वर्षा पछि आएको बाढीले हेंवाखोलामा रहेको बेलिब्रिज बगाएसँगै मेची राजमार्गको फिदिम–ताप्लेजुङ सडक खण्ड अवरुद्ध थियो। हेंवाखोलामा ३२ वटा ह्युमपाइप बिछ्याएर अस्थायी डाइभर्सन बनाइएको छ। यो सँगै मेची राजमार्गको फिदिम–ताप्लेजुङ सडक खण्ड यातायातले जोडिएको छ।

उता पहिरोले सडक छिनाएर लगेपछि पाँच दिनअघिदेखि अवरुद्ध मेची राजमार्गको इलाम राजदुवाली खण्ड मंगलबार साँझदेखि एकतर्फी सञ्चालनमा आएको छ। पाँचथरको रमिते र इलामको राजदुवाली खण्डमा थप समस्या नआए मेची राजमार्गको बिर्तामोड–ताप्लेजुङ सडक खण्डमार्फत चारपाङ्ग्रे साना सवारी गुडेका छन्।

राजदुवाली सडक खण्डको सडक एकतर्फी खुलाइए पनि ठूला सवारी र ढुवानीका साधनलाई भने प्रवेश अनुमति दिइएको छैन। हेंवाखोलाको अस्थायी डाइभर्सनमार्फत सवारी चारपाङ्ग्रे सवारी पनि वारपार हुन थालेपछि ताप्लेजुङबाट तमोर कोरिडोर हुँदै सिधै धरानतर्फ निस्कन समेत सहज भएको छ। 

प्रकाशित: २३ आश्विन २०८१ ११:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App