समाज

सिन्धुलीमा बस दुर्घटना: दुई जनाको मृत्यु, ३७ घाइते

तस्बिर साैजन्य: रोशन न्यौपाने

काठमाडाैंबाट भोजपुर तर्फ जाँदै गरेको बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ मा दुर्घटना हुँदा दुई जनाको घट्नास्थलमै मृत्यु भएको छ।

सोमबार दिउँसो करिब ३ बजेको समयमा ०१-००६ ख ६७८५ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। दुर्घटनामा ३७ जना घाइते भएका छन्। मृतक र घाइतेहरुको पहिचान खुलिसेकेको छैन।

प्रहरीका अनुसार बसमा ३९ जना सवार थिए। घाइते ३७ मध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ।आठ जनालाई उपचारका लागि धरानतर्फ रेफर गरिएको सिन्धुली अस्पतालले जनाएको छ।

मदनभण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-५ द्वारखोला भन्ने स्थानको पुलको साइडमा ठोकिएर बस सडकमै पल्टिएको थियो।

प्रहरीका अनुसार २३ जना घाइतेहरुलाई जिल्ला अस्पताल सिन्धुलीमा ल्याइएकोमा ५ जनालाई रिफर गरिएको छ भने अन्य घाइतेहरु सिन्धुलीकै कपिलाकोट स्वास्थ्य चौकीमा उपचाररत छन्।

प्रकाशित: २१ आश्विन २०८१ १६:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App