समाज

दसैंमा पनि वर्षाको सम्भावना

फाइल।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दसैंमा पनि पानी पर्ने सम्भावना रहेको जनाएको छ।

विभागका अनुसार आइतबारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिन सुरु भएको यही मनसुन देशभरबाट बाहिरिने सम्भावना छ।

महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरले यो साताभित्रमा मनसुन बाहिरिने र विगतमा पनि मनसुन बाहिरएपछि हल्कादेखि मध्यम वर्षा हुने गरेको जानकारी दिइन्।

“यसपटक मनसुन बाहिरिने समय र दसैं एकैपटक परेको छ, मनसुन बाहिरिँदा पश्चिमी वायु र स्थानीय वायु प्रभावका कारण हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,” उनले भनिन्, “तसर्थ यो दसैंमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।”

प्रकाशित: २१ आश्विन २०८१ १६:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App