समाज

कोशीमा बाढी पहिरोले भौतिक पूर्वाधारमा साँढे ४ अर्ब बढीको क्षति

कोशी प्रदेशमा बाढी पहिरोले साँढे ४ अर्ब बढीको भौतिक पूर्वाधारमा क्षति पु¥याएको छ। भौतिक पूर्वाधार मन्त्रालय कोशी प्रदेशले आइतबार पत्रकार सम्मेलन गरी असोज ९ गते राती देखिएको अविरल वर्षापछि आएको बाढी पहिरोले ४ अर्ब ६३ करोड ५० लाख रुपैयाँ बराबरको भौतिक पूर्वाधारमा क्षति पु¥याएको मन्त्रालयले जनाएको छ।

कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका आंशिक क्षति पुगेका पूर्वाधार निर्माण गर्न १ अर्ब २ करोड ५० लाख रुपैयाँ बजेट लाग्ने र पूर्ण क्षति भएका पूर्वाधार निर्माण गर्न ३ अर्ब ६१ करोड रुपैयाँ लाग्ने जानकारी दिए।

मन्त्री राईले आंशिक क्षति पुगेका पूर्वाधार तत्कालै मर्मत गरेर सञ्चालनको तयारी पनि प्रदेश सरकारले गरिरहेको बताए। उनले भने,‘ आंशिक क्षति पुगेका र मर्मत गरेर तत्कालै सञ्चालन गर्न सकिने पूर्वाधारहरू मर्मतका लागि तत्कालै काम थाल्ने तयारी भइरहेको छ।’ मन्त्री राईले आइतबार दिउँसो बैठक बसेर आंशिक क्षति पुगेका पूर्वाधारको तत्कालै मर्मत थाल्न आवश्यक व्यवस्थापन प्रदेश सरकारले गर्न लागेको जानकारी दिए। राईले कोशी प्रदेशमा ६० वटा सडक, १५ वटा सडक पुल, १७ वटा झोलुङ्गे पुलमा आंशिक क्षति पुगेको छ।

दसैँमा सबै जिल्लाका बासिन्दालाई  घर जान–आउनका लागि आवत जावतको व्यवस्था मिलाइने पनि मन्त्री राईले स्पष्ट पारे। उनले उदयपुर र खोटाङ जोड्ने पक्कीपुलको वैकल्पिक व्यवस्था गरिएको जानकारी दिए। यस्तै इलाममा भासिएर मर्मतमा समस्या भएको सडकको पनि वैकल्पिक सडक मार्फत आवत–जावतको व्यवस्था मिलाइने मन्त्री राईले जानकारी दिए।

मन्त्री राईले भने‘चाडबाड मान्नका लागि प्रदेशका मुनै पनि जिल्लाका बासिन्दालाई आवत–जावतमा समस्या नहुने गरी व्यवस्थापनको काम थालिसकेका छौँ।’ आइतबार बस्ने आर्थिक मामिला मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय र मुख्यमन्त्री कार्यालयका मन्त्री तथा सचिवहरूको  बैठकले पूर्वाधार निर्माण, तत्काल निर्माण हुन नसक्ने पूर्वाधारको वैकल्पिक व्यवस्था, तत्काल मर्मत गरेर सञ्चालन हुने पूर्वाधार मर्मतका लागि छलफल गरेर आवश्यक प्रबन्ध गर्ने मन्त्री राईले स्पष्ट पारे। 

प्रकाशित: २० आश्विन २०८१ १५:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App