समाज

थापाथली ल्याइयो खसी बोका, आइतबारदेखि विक्री

फाइल।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आइतबार देखि सर्वसाधारणका लागि खसी बोका विक्री गर्ने भएको छ।

यसका लागि कम्पनीले शनिबार थापाथलीमा खसीबोका ल्याइसकेको छ। हरेक वर्षजस्तै आइतबारदेखि सहुलियत मूल्यमा बिक्री सुरु गर्ने तयारी गरेको कम्पनीको जनाएको छ।

यसपाली जिउँदो खसी बोकाको मूल्य ६७० रुपैयाँ प्रतिकेजी निर्धारण गरिएको छ भने च्याङ्ग्राको १२३० तोकिएको छ। यो मूल्यमा १० प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ।

शनिबार खसी बोका थापाथलीमा झारिए पनि च्याङ्ग्रा अहिलेसम्म ल्याइएको छैन । 

प्रकाशित: १९ आश्विन २०८१ १३:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App