समाज

मैवाखोलाले बगाउँदा दुई बालबालिका बेपत्ता

ताप्लेजुङको मैवाखोला गाउँपालिकामा अवस्थित मैवाखोलाले बगाउँदा दुई बालबालिका बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा करिब ११ वर्षीय सन्देश बराइली र अन्दाजी १२ वर्षीय आइतरानी शेर्पा रहेको जनाइएको छ। स्थानीय बस्तुभाउ चराउन गएका उनीहरू खोलानजिक खेल्दै गर्दा आइतरानीका दाजु कुसुले शेर्पासहित तीन जनाले मैवाखोलामा पौडी खेल्न पसेको अनुमान गरिएको छ।

कुसुलेले सन्देश र आइतरानी खोलामा हराएको खबर गरेपछि मात्र घटनाबारे थाहा भएको मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश बनेमले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी रवि रावलले घटना जानकारीमा आउनासाथ इलाका प्रहरी कार्यालय दोभानका प्रहरी निरीक्षक ओमप्रकाश पण्डितको नेतृत्वमा प्रहरी टोली खटाइएको बताए।

प्रकाशित: १८ आश्विन २०८१ १८:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App