समाज

काभ्रेमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ७२ पुग्यो, पाँचजना अझैँ बेपत्ता

काभ्रेमा वर्षापछिको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ७२ पुगेको छ। पाँचजना अझैँ बेपत्ता छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सबैभन्दा बढी पनौती नगरपालिकामा १८ जना र वेथानचोक गाउँपालिकामा १२ जनाको मृत्यु भएको छ।

त्यस्तै तेमाल गाउँपालिकामा २, धुलिखेल नगरपालिकामा १, नमोबुद्धमा १ जना र चौरीदेउराली गाउँपालिकामा १ जना गरि बेपत्ता छन्। उनीहरुको खोजी भइरहेको प्रहरीको भनाइ छ।

घाइते २१ जनाको उपचार जारी छ भने ५७ जना उपचारपछि घर फर्केका छन्।

बढी क्षति भएका पनौती, वेथानचोक, रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाले सहयोग संकलनका लागि अपील समेत गरेका छन्।

प्रकाशित: १८ आश्विन २०८१ १३:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App