समाज

तपाईंकाे आजकाे राशिफल

मेष राशिः यात्रा गर्नु राम्रो होला। सामान्य मतान्तर हुन सक्ने हुँदा, त्यसबाट टाढै रहनु होला। व्यापारको काम गर्दा विचार पुर्‍याएर गर्नु होला। पढाइमा सफलता मिल्ने छ । राजनीतिक क्षेत्रमा दिन राम्रो छ।

वृष राशिः परिवारमा अर्थ आर्जन हुने योग देखिन्छ। स्वदेश भ्रमणको योग रहेको  छ। कार्यगर्दा होसपूर्वक गर्नुहोला। अध्ययनको कार्यमा प्रवेश गर्नु राम्रो होला। व्यापारको क्षेत्रमा आर्थिक लगानी गर्नु ठीक छ।

मिथुन राशिः रोजगारीको अवसर मिल्ने समय छ। आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। वाणी सफल हुने योग छ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ। हल्का कर्ण रोग देखा पर्न सक्ने छ।

कर्कट राशिः  मधुर भोजन र पारिवारिक संयोगले मन प्रसन्न हुने देखिन्छ। ज्ञान क्षेत्रमा रुची बढ्ने छ। आँखामा सामान्य रोग देखापर्नेछ। पद प्रतिष्ठा, सम्मान मिल्ने छ। दाजुभाइबीच प्रेम सद्भाव रहनेछ।

सिंह राशिः विलासी खानपानमा रुचि नगर्नु बेस हुन्छ। भूमि सम्वन्धी काममा फल प्राप्तिको योग छ । अध्ययनकोे क्षेत्रमा दिन राम्रो रहेको छ। आर्थिक लाभ हुने दिन छ। सामाजिक कार्यमा सम्मान मिल्ने छ।

कन्या राशिः धन प्राप्त हुने समय छ। आफ्नो कार्य क्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ। धातु सम्बन्धी व्यवसायमा लगानीबाट उचित लाभ प्राप्त हुनेछ। अध्ययन अध्यापनमा सफलता मिल्ने योग छ।

तुला राशिः व्यापार ब्यवसाय गर्नेहरूलाई दिन राम्रो छ। नयाँ कार्यसिद्धिमा सामान्य ढिला हुने छ। धार्मिक कार्यमा रुची बढ्ने देखिन्छ। वैदेशिक कार्यमा प्रयास गर्दा सफलता प्राप्त हुने देखिन्छ।

वृश्चिक राशिः नयाँ कार्यमा अर्थ लाभ हुने दिन छ। परिवारमा सामान्य उदर रोग देखा पर्न सक्ने छ। व्यापार व्यवसायमा लाभ देखिन्छ। पठनपाठनमा रुचि बढ्ने छ । आफन्तको सहयोग लिएर कार्य गर्नु होला।

धनु राशिः वैदेशिक यात्राको समय देखिन्छ। साथीभाइसँग रमाईलो भेटघाट हुनेछ। पराक्रमका साथ कार्य हुने दिन छ। व्यापार व्यवसायमा फल प्राप्तिमा बाधा योग छ। पढाइमा कार्यसिद्धि योग छ।

मकर राशिः व्यापारमा कम फल प्राप्त हुने छ। स्वास्थ्यमा विकार आउने देखिन्छ । उन्नति प्रगतिमा बाधा हुने दिन छ। विद्यार्थीका लागि पढाइ मध्यम रहेको छ । केही व्यक्तिले सामान्य  अर्थ व्यय गर्न सक्ने छन्।

कुम्भ राशिः प्रेमीहरूका लागि राम्रो हुने दिन छ । अध्ययनार्थीलाई ज्ञान आर्जनमा रुची बढ्ने छ । हल्का उदर रोग देखिन सक्छ । दाम्पत्य जीवनमा उत्साहित हुने दिन छ । टेक्निकल क्षेत्रमा लगानि गर्दा राम्रो हुन्छ।

मीन राशिः पढाइको क्षेत्रमा थोरै बाधा आउने छ । धन आउने समय छ। सामान्य नेत्र रोग देखिन सक्छ। व्यापार व्यवसायमा फल प्राप्तिमा केही बाधा छ। विलासी कार्य र यात्रामा विचार पुर्‍याउनुहोला।

प्रकाशित: १८ आश्विन २०८१ ०६:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App