समाज

तपाईंकाे आजकाे राशिफल

मेष राशिः अध्ययनको क्षेत्रमा दिन राम्रो रहेको छ। विलासी खानपानमा रुची नगर्नु वेस हुन्छ। भूमि सम्वन्धी काममा फल प्राप्तिको योग छ। बाथ रोग देखा पर्न सक्नेछ। धार्मिक सेवा कार्यमा सम्मान मिल्ने दिन छ।

वृष राशिः कार्यमा प्रयास गर्दा सफलता प्राप्त हुने देखिन्छ। वैदेशिक व्यापार गर्नेहरुलाई दिन राम्रो छ। विलासी कार्यमा रुची नलिनु होला। नवीन कार्यसिद्धिमा हल्का बाधा छ। आर्थिक लाभ हुने दिन छ।

मिथुन राशिः सरकारी काम प्राप्त हुने योग छ। व्यवसायमा लगानी गरेमा फल प्राप्त हुने छ। अध्यनार्थीलाई ज्ञान आर्जनमा रुची बढ्ने छ। सामान्य उदर रोग देखापर्न सक्छ। वस्र उद्योगमा सहकार्य गर्दा राम्रो हुन्छ।

कर्कट राशिः व्यापारमा फल प्राप्त हुनेछ। स्वास्थ्यमा बिकार आउने देखिन्छ। धन खर्च हुने देखिन्छ। उन्नति प्रगतिमा केही बाधा हुने दिन छ। विद्यार्थीका लागि पढाइ राम्रो हुने दिन रहेको छ।

सिंह राशिः व्यापारको क्षेत्रमा आर्थिक लगानी गर्नु ठीक छ। स्वदेश यात्राको योग रहेको छ। भेटघाटमा सहभागी हुनुपर्नेछ। अध्ययनको कार्यमा राम्रो होला। परिबारमा अर्थ आर्जन हुने योग देखिन्छ।

कन्या राशिः अध्ययन अध्यापनमा सफलता मिल्ने योग छ। धातु सम्बन्धी व्यवसायमा केही धन व्यय हुने समय छ। आफ्ना अग्रजमा सामान्य रोग देखापर्नेछ। लगानीबाट उचित लाभ प्राप्त हुनेछ।

तुला राशिः नयाँ कार्यमा अर्थ लाभ हुने दिन छ। सहयोग नलिई आफै कार्य गर्नु होला । पठन र लेखनमा रुचि बढ्ने छ। कार्य क्षेत्रमा प्रभुत्व बढाउन केही सफल भइने छ। व्यापार व्यवसायमा मध्यम देखिन्छ।

वृश्चिक राशिः ज्ञान क्षेत्रमा रुची मध्यम छ। भाइहरुबीच प्रेम सद्भाव रहने छ। मधुर भोजन र सामाजिक कार्यमा धन खर्च हुने योग देखिन्छ। कर्णरोग देखापर्न सक्ने छ। पारिवारिक संयोगले मन प्रसन्न हुने देखिन्छ।

धनु राशिः वाणी सफल हुने समय छ। आर्थिक प्राप्तिमा सफलता मिल्नेछ। आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ। रोजगारीको अवसर मिल्ने दिन छ।

मकर राशिः पराक्रमबाट कार्यसिद्धि हुनेछ। व्यापार व्यवसायमा फल प्राप्तिको योग छ। साथीभाइसँग रमाईलो संयोग हुनेछ। पढाईमा कार्यसिद्धि योग छ । वैदेशिक यात्राको समय देखिन्छ।

कुम्भ राशिः व्यापार व्यवसायमा प्रशंसा प्राप्तिको समय छ। सामान्य कर्ण रोग देखिन सक्छ। पढाईको क्षेत्रमा थोरै बाधा छ। विलासी कार्यमा प्रवेश नगरी, विचार पुर्याउनु होला । कार्यबाट धन प्राप्त हुने योग छ।

मीन राशिः राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। व्यापारको काम गर्दा विचार पुर्‍याएर गर्नु होला। बाहिर कार्यमा सामान्य व्यय हुन सक्ने छ। अध्ययनमा सफलता मिल्ने छ। गृह निर्माणको योग छ।

प्रकाशित: १७ आश्विन २०८१ ०६:३६ बिहीबार

# Kumbha rashi # Rashifal