समाज

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ।

बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन गरेको हो।

समितिले राउतको बुधबार नै सुनुवाइ गरेको थियो।

संवैधानिक परिषद्को भदौ ३१ गतेको बैठकले प्रधानन्यायाधीशमा राउतको नाम सिफारिस गरेको थियो।

बहालवाला प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको कार्यकाल यही शनिबार सकिँदैछ। सो अगावै नयाँ प्रधानन्यायाधीश नियुक्तिको पहल भएको हो।

प्रकाशित: १६ आश्विन २०८१ १७:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App