समाज

स्रोत नखुलेको ११ लाखसहित एक पक्राउ

महोत्तरी प्रहरीले स्रोत खुलाउन नसकेका कारण ११ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।

बुधबार महोत्तरीको मनरासिस्वा नगरपालिका-६ स्थित भोल्ही चौकबाट ११ लाख ८१ हजार ३ सय रुपैयाँसहित सम्सी गाउँपालिका-६ का ४२ वर्षीय शेष हसमत अलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवारका अनुसार अलीले चलाइरहेको प्रदेश ०१-००५ प ५९९५ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा उक्त रकम फेला परेको हो।

प्रहरीलाई प्राप्त विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी टोलीले अलीलाई पक्राउ गरिएको उनले जनाए।

प्रहरीले अलीमाथि हुण्डी कारोबारमा संलग्न रहेको आशंका गर्दै जिल्ला अदालत महोत्तरीबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित: १६ आश्विन २०८१ १६:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App