सशस्त्र प्रहरीले विराटनगरको सीमावर्ती क्षेत्रबाट लागुऔषध ८ किलो गाँजा बरामद गरेको छ।
विराटनगर महानगरपालिका–१४ जतुवाबाट गयराति लागुऔषध गाँजा ८ किलो बरामद गरेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी विश्ववन्धु खड्काले जानकारी दिए। उनका अनुसार सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) जहदा भुटाहाबाट खटिएको इन्सपेक्टर सम्झना देउजा नेतृत्वको टोलीले राति ९ बजेतिर गाँजा बरामद गरेको हो।
राति जतुवा हुँदै दक्षिणतर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकललाई रोक्न खोज्दा प्रहरीलाई देख्नसाथ मोटरसाइकलमा रहेको झोला फ्यालेर चालक फरार भएका थिए। फ्याकिएको झोला खानतलासी गर्दा ८ किलो गाँजा बरामद भएको एसपी खड्काले बताए।
बरामद भएको गाँजा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझए र फरार मोटरसाइकल चालकको खोजी भइरहेको छ सशस्त्र प्रहरीले जनाएको छ।
प्रकाशित: १६ आश्विन २०८१ १०:०८ बुधबार