समाज

बाढीमा बेपत्ता तीन जनाको शव फेला

सर्लाहीमा बाढीले बेपत्ता बनाएका तीन जनाको शव दुई दिनको अवधिमा फेला परेको छ।

बाढीको कहरमा परेर हराइरहेका सर्लाहीको बलरा नगरपालिका-३ का १२ वर्षीय अंकत ठाकुर, बलरा नगरपालिका-१ का पवन गिरी, र बागमती नगरपालिका-९ का मुकेश महतोको शव फेला परेको प्रहरीले जनाएका छ।

१२ वर्षीय ठाकुर भारतीय बजार बसबिट्टा तर्फ गएका बेला शनिबारदेखि हराइरहेका थिए। लामो खोजीपछि उनको शव सोमबार फेला परेको हो। यस्तै, आइतबार घरबाट घुम्न निस्किएका गिरीको शव उखुबारी नजिक मंगलबार फेला परेको प्रहरीले जनाएको छ।

यसैगरी बागमती नगरपालिका-९ का महतो पनि शनिबारदेखि हराइरहेका थिए। उनको शव सोमबार साँझ सोतीखोलामा प्रहरीले फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी गौतम थापाले जानकारी दिएका छन्। उनका अनुसार महतो मानसिक रूपमा कमजोर थिए।

सर्लाहीमा बाढीको पानी घट्न थालेपछि मानवीय र भौतिक क्षतिको विवरण आउन थालेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रकाशित: १५ आश्विन २०८१ २०:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App