समाज

दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा छाड्न अदालतको आदेश

जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।

न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले प्रसाईंलाई १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी मेलिस बास्कोटाले जानकारी दिए।

बास्कोटाले भने, 'प्रसाईंलाई १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ। दुईवटा मुद्दामा जनही ५०–५० हजार धरौटी माग गरिएको हो।'

प्रहरीको साइबर ब्युरोको उनलाई असोज ६ मा भक्तपुर स्थित घरबाट पक्राउ गरेको थियो। सरकारी वकिल कार्यालय काठमाडौँले उनी विरुद्ध विद्युतीय अपराध सम्बन्धी दुईवटा मुद्दा दायर गरेको थियो। 

यता प्रसाईंलाई गैरन्यायिक थुनामा राखिएको भन्दै उनका छोरा निराजनले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

सर्वोच्चका वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले उनलाई थुनामुक्त गर्ने आदेश दिन अस्वीकार गर्दै कारण देखाऊ आदेश जारी गरेको थियो।

त्यसपछि सोमबार सुनुवाइ रहेको सो मुद्दा ‘हेर्न नमिल्ने’ मा परेको थियो। 

प्रकाशित: १५ आश्विन २०८१ १६:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App