समाज

धनुषामा बम विस्फोट, एक महिला घाइते

धनुषा– धनुषाको पूर्वी क्षेत्र धारापानीमा विहीबार बम विस्फोट हुँदा जंगलमा घाँस काट्नका गएकी एक महिला घाइते भएकी छिन्। 

जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार धनुषाधाम नगरपालिका–९ धारापानी भिमानमा विस्फोट भएको छ । राजमार्गभन्दा पाँचसय मिटरभित्र जंगल क्षेत्रमा बम विस्फोट भएको हो। 

धनुषाको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले विस्फोटमा परी स्थानीय ६० वर्षीया तीर्थमाया तामाङको हातमा गम्भीर चोट लागेको बताए। घाइते महिलालाई उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ। बम कसले, किन र कसरी विस्फोट भएको यकिन हुन नसकेको तथा यसबारे अनुसन्धान शुरु गरिएको प्रहरी उपरीक्षक सिंहले बताए। 

प्रकाशित: २२ चैत्र २०७४ ०६:५० बिहीबार

धनुषामा बम विस्फोट महिला घाइते