समाज

हेंवाखोलाको पुल बगाएपछि ताप्लेजुङ आउजाउका लागि वैकल्पिक मार्गको खोजी सुरु

पाँचथरको हेंवाखोलामा रहेको बेलिब्रिज बाढीले बगाएपछि ठप्प रहेको ताप्लेजुङ आउजाउका लागि वैकल्पिक मार्गको खोजी सुरु भएको छ।

फुङलिङको बहानन्दे–दोभान–हाङपाङ हुँदै तेह्रथुमको आठराई संक्रान्तिबाट मध्य पहाडी राजमार्गको बाटो तराई निस्कने सकिने गरी वैकल्पिक मार्गको खोजी सुरु भएको हो।

वैकल्पिक मार्गको खोजी र बाटोको अवथा बारे ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन) र तेह्रथुमको आठराई गाउँपालिका गाउँपालिका अध्यक्ष दिलकुमार पाहिम लिम्बूको नेतृत्वटोलीबीच छलफल भएको छ।

‘बाटोको अवस्था ठीकै छ,ठाउँ–ठाउँ पुनुपर्ने र बनाउनुपर्ने ठाउँमा दुबै गाउँपालिका क्षेत्रको बाटो बनाएर यातायात सुरु गर्न सकिने निश्कर्ष छ’आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष पोमूले भने।

तेह्रथुमको आठराईतर्फको भाग आठराई गाउँपालिकाले र ताप्लेजुङको आठराई त्रिवेणीतर्फको भाग आठराई त्रिवेणीले मर्मतसम्भार गर्न थालिएको र थप वर्षा नभई बाटो नबिग्रिए टुह्विल गाडीनै आउजाउ हुन सक्ने अवस्था रहेको पोमूले जानकारी दिए।

हेंवाखोला माथिको पुल बाढीले बगाएपछि अहिले मेची राजमार्ग हुँदै ताप्लेजुङ आउजाउ ठप्प रहेको छ। तमोर करिडोर अन्र्तगतको सडक समेत बाढीको चपेटामा परेपछि पाँचथरका केहि र ताप्लेजुङका सबै क्षेत्रका बासिन्दाहरुलाई तराई झर्नका लागि समस्या छ। हेंवाखोलाको पुल बगाएपछि मेची राजमार्गको ताप्लेजु–फिदिम सडक खण्ड अवरुद्ध छ। 

प्रकाशित: १५ आश्विन २०८१ १०:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App