समाज

प्रधानमन्त्रीलाई कालोझण्डा देखाउने आशंकामा विमानस्थलबाट तीनजना पक्राउ

प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने आशंकामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना युवा पक्राउ परेका छन्।

प्रधानमन्त्री ओली अमेरिकामा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भई आज स्वदेश फर्किएका थिए। सोही क्रममा तीन युवालाई विरोध प्रदर्शन वा कालो झण्डा देखाउन सक्ने आशंकामा प्रहरीले नियन्त्रणमा लिएको हो।

विमानस्थलको प्रवेशद्वारबाट ती युवाहरूलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरी स्रोतले जनाएको छ। प्रधानमन्त्रीको स्वागतमा आएका समर्थकहरूलाई अवरोध हुन नदिन र सुरक्षालाई मध्यनजर गर्दै प्रहरीले सतर्कता अपनाएको थियो।

विमानस्थल क्षेत्रमा प्रधानमन्त्री ओलीको आगमनलाई लिएर सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ।

प्रकाशित: १४ आश्विन २०८१ १७:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App