समाज

अमेरिकाबाट यसरी फर्किए प्रधानमन्त्री (तस्बिरहरू)

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा सहभागी भई आज अपरान्ह स्वदेश फर्किएका छन्। सोमबार दिउँसो ४ः१५ मा प्रधानमन्त्री ओली चढेको जहाज विमानस्थलमा अवतरण भएको विमानस्थल प्रमुख जगन्नाथ निरौलाले जानकारी दिए।

प्रधानमन्त्री ओली सवार जहाज अवतरण हुँदा विमानस्थलबाट बाँकी उडान आधा घण्टाका लागि रोकिएका थिए।

प्रधानमन्त्री ओली स्वदेश फर्कनेक्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीद्वय विष्णुप्रसाद पौडेल र प्रकाशमान सिंहले स्वागत गरेका थिए।

त्यस अवसरमा मन्त्रीगण, सरकारका उच्च अधिकारी, सुरक्षा निकायका प्रमुखलगायत थिए। सो अवसरमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री ओलीलाई सम्मान अर्पण गरेको थियो।

प्रधानमन्त्री ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भएको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औं अधिवेशनमा भाग लिन यही असोज ४ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका गएका थिए।

प्रकाशित: १४ आश्विन २०८१ १६:४५ सोमबार