समाज

ढुङ्गा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा

फइल तस्बिर

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा खसेको ठूलो ढुङ्गा हटाइएपछि विमलनगर–ऑबुखैरेनी खण्ड दुईतर्फी सञ्चालनमा आएको छ।

वर्षासँगै आएको पहिरोका कारण आइतबार दिउँसो खसेको ढुङ्गा हटाएर एकतर्फी सञ्चालनमा आएको उक्त खण्ड सोमवार बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको हो।

ढुङ्गा हटाउनका लागि बिहान केही बेर सवारीसाधन रोकिएका थिए। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायले जिल्लाका सबै सडक सञ्चालनमा रहेको जानकारी दिए। रासस

प्रकाशित: १४ आश्विन २०८१ ११:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App