समाज

विपी राजमार्गमा अलपत्र परेका १५ सय यात्रुको उद्धार

विपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका खण्डबाट अलपत्र परेका करिब १५ सय यात्रुको उद्धार भएको छ ।  

रोशीको वडा नम्बर ९ र ११ मा पर्ने विपी राजमार्गस्थित भ्याकुरे खोलामा आएको बाढी तथा पहिरोका कारण अलपत्र परेका करिब १५ सय जनाको नेपाली सेनाको टोलीले उद्धार गरेको हो । 

सेनाका अनुसार उनीहरुमध्ये १२ सय जना काठमाडौंतर्फ र ३ सय जना सिन्धुलीतर्फ जाँदै थिए । सबै यात्रुलाई नेपाली सेनाले अन्य सुरक्षा निकाय तथा स्थानीयको सहयोगमा सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।   

सेनाको टोलीले सिन्धुलीको सुनकोशी गाउँपालिकाको कानढुङ्ग्रीमा पहिरोले अवरुद्ध विपी राजमार्ग वैकल्पिक बाटो बनाएर सञ्चालनमा ल्याएको छ । उक्त ठाउँमा खसेको पहिरोसमेत हटाएको सेनाले जनाएको छ । 

प्रकाशित: १३ आश्विन २०८१ १७:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App