समाज

माओवादी केन्द्रको एसिया संगठन समितिद्वारा बाढीपीडितलाई सहयोग

नेकपा माओवादी केन्द्र एसिया संगठन समितिले बाढीपहिरो पीडितका लागि पाँच लाख सहयोग गरेको छ।

समितिका इञ्चार्ज पम्फा भुसाल, सहइञ्चार्ज ओम शर्मा र संगठनका कार्यालय मुख्य सचिव टिबी पाठकले पाँच लाख रुपैयाँको चेक अध्यक्ष पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई हस्तान्तरण गरेका हुन्।

चेक ग्रहण गर्दै अध्यक्ष दाहालले एसिया संगठन समितिलाई सहयोगका लागि धन्यवाद दिए। बाढीपहिरोको पछिल्लो घटना लगत्तै पार्टीले पहल लिएर देशब्यापीरुपमा उद्धार र पुनर्स्थापनामा कार्यकर्ता परिचालन गरिएको जानकारी दिँदै उनले प्रवासको पार्टी कमिटीले पनि योगदान गरेकोमा प्रशंसा गरे।

मानवीय विपद्को मिलेर सामना गर्नुपर्ने उल्लेख गर्दै उनले पीडित जनताको पीडा र दुःखसँग हातेमालो गर्न पनि सबै नेता कार्यकर्ताहरूलाई आग्रह गरे। 

प्रकाशित: १३ आश्विन २०८१ १७:११ आइतबार