समाज

नेपालसहित विभिन्न देशका ३२ स्थानमा दशैं टीकाको साइत सार्वजनिक (साइतसहित)

नेपालसहित नेपालीहरु रहेका विभिन्न देशमा स्थानीय समयअनुसार विजया दशमीमा टीकाको साइत सार्वजनिक भएको छ ।  

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले आइतबार नेपालसहित विभिन्न देशका ३२ स्थानमा स्थानीय समयअनुसार टीकाको साइत सार्वजनिक गरेको हो । 

भारत, अमेरिकाका विभिन्न स्थान, क्यानडा, अस्ट्रेलिया, जापान, बेलायत, दक्षिण कोरिया, इजरायलसहित विभिन्न खाडी मुलुकहरुमा रहेका नेपालीहरुले टीको साइतबारे चासो राखेकाले स्थानीय समयअनुसार टीकाको साइत जानकारी गराइएको समिति सभापति प्रा.डा. माधव भट्टराई र सदस्य सचिव आचार्य लक्ष्मण पन्थीद्वारा सार्वजनिक विज्ञप्तिमा उल्लेख छ । 

सार्वजनिक समय टीकाका लागि सबैभन्दा उपयुक्त रहेपनि उक्त दिनभर नै टीका ग्रहण गर्न सकिने समितिले जनाएको छ । 

यो वर्ष विजया दशमी असोज २६ गते शनिबार परेको छ । नेपालमा भने टीकाको उत्तम साइत बिहान ११ः३६ बजे रहेको समितिले उल्लेख गरेको छ । 

प्रकाशित: १३ आश्विन २०८१ १६:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App