समाज

उद्धारपछि सुत्केरी महिलाको मुहारमा खुसी

सिन्धुलीको तीन पटक गाउँपालिका- १ निवासी हेमकुमारी तोलाङ्गे तीन दिन अघि काठमाडौंका लागि घरबाट हिँडेकी थिइन्। काभ्रेको मङ्गलटार क्षेत्रमा बिपी राजमार्ग बाढीले भत्काउँदा उनी बीच बाटोमै अलपत्र परिन्।

एक महिनाकी सुत्केरी हेमकुमारीको अवस्था गम्भीर बन्दै गएको थाहा पाएपछि आइतबार नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई उद्धार गरी धुलिखेल ल्याइएको छ। उद्धारपछि हेमकुमारीको अनुहारमा खुसी झल्किन थालेको छ।

तस्बिरः पेमा लामा/रासस

प्रकाशित: १३ आश्विन २०८१ १६:०३ आइतबार