समाज

चितवनबाट छुटेको माइक्रोबसका १२ यात्रुको शव झ्याप्ले खोलामा फेला

चितवनको पुल्चोकबाट यात्रु बोकेर काठमाडौं छुटेको माइक्रोबसका १२ यात्रुको शव फेला परेको छ।

झ्याप्ले खोलाको पहिरोमा पुरिएको अवस्थामा आज (आइतबार) सुरक्षाकर्मीले  माइक्रोबसका १२ जनाको शव फेला पारेको प्रालिका अध्यक्ष नर बहादुर रानाले नागरिक दैनिकलाई जानकारी दिए।

असोज ११ गते शुक्रबार दिउसो करिब २ बजे मनकामना माई यातायात प्रा।लि। मार्फत संचालित बा २ ख १३४५ नम्बरको बस सम्पर्क बिहिन भएको थियो।

काउन्टरबाट चलानी नबनाई बाहिरबाहिरबाटै यात्रु चढाएर माइक्रोबस काठमाडौका लागि छुटेको र प्रत्यक्षदर्शीहरुका अनुसार माइक्रोबसमा चालक सहचालकसहित १७ जना रहेको बुझिएको रानाले जानकारी दिए।

‘शुक्रबार चितवनबाट काठमाडौको लागि छुटेको माइक्रोबस पनि भेटिएको छैन, चालक, सहचालक पनि सम्पर्कमा छैनन’, प्रालिका अध्यक्ष रानाले भने–‘सम्पर्कमा नआएका यात्रुका आफन्तहरुले पनि फोन गरिरहेका छन्, पहिरो झरेको ठाउँमा नै पुरियो की भन्ने आशंकाले हामी त्यसतर्फ जाँदैछौं।’

माइक्रोबसका चालक आन्नद राजबंशी आफु नै थिए। उनले नारायणगढबाट आफुले नै चलानि काटेर साथमा लिएर गएको उनले जानकारी दिए। रानाका अनुसार चितवनका ८ जना यात्रुका परिवार सम्पर्कमा आएका छन्। सम्पर्कमा आएका यात्रुका परिवार मध्ये अधिकांश चितवनका रहेका छन्।

टिकट काउन्टरबाट चलानी नबनाई हिँडेकोले सम्पर्कमा नरहेका यात्रुको संख्या समेत यकिन गर्न नसकिएको व्यवसायीहरुले बताएका छन्।

प्रकाशित: १३ आश्विन २०८१ १४:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App