समाज

कोशी पुलमा बाढीले थुपारेको फोहोर सफा गर्न थालियो

सप्तकोशीको पुलमाथि बाढीले थुपारेको फोहोर सफा गर्न थालिएको छ।

लगातारको वर्षाका कारण सप्तकोशीको पानी कोशी ब्यारेजको पुलमाथि बग्न थालेपछि पुलमा फोहोरको डङ्गुर थुप्रिएको थियो।

आइतबार बिहानदेखि पुलमाथि थुप्रिएको फोहोर डोजर लगाएर सफा गर्न थालिएको छ।

शनिबार सप्तकोशीको पानीले खतराको तह पार गर्दै पुलमाथिबाट बग्न थालेको थियो। पानीको ठूलो बेगले सप्तकोशी नदीमा रहेका फोहोरको डङ्गुर पुलमा थुप्रिएको थियो।

पुलमाथिबाट पानी बग्न थालेपछि आवतजावत समेत बन्द गरिएको थियो। अहिले भने सप्तकोशीमा बिस्तारै पानीको तह घट्दै गएको छ।  

प्रकाशित: १३ आश्विन २०८१ १२:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App