समाज

ओढारे खोलाले बगाउँदा किशोरीको मृत्यु

४ दिनदेखि परेको लगातारको वर्षाले उदयपुरमा एक किशोरीको मृत्यु भएको छ।

निरन्तरको वर्षाले रौतामाई १ माझखर्कस्थित स्थानीय ओढारे खोलाको बाढीले बगाउँदा स्थानीय १६ वर्षीया हिसिला तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

हिसिलालाई शनिवार दिउँसो आएको बाढीले बगाएको गाउँपालिका अध्यक्ष वीरेन्द्र मगरलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।  

जिल्ला प्रहरी प्रमुख एसपी हरिहरनाथ योगीले निरन्तरको वर्षाले उदयपुरमा अन्य थुप्रै क्षति भएको भन्दै सबैतिरको अवस्थाको बारेमा जानकारी लिँदै सक्दो उद्धारको प्रयास भईरहेको बताए।

अविरल वर्षाले उदयपुरको पहाडी भेगमा पनि धेरै ठाउँ बाढी पहिरोले सडक र घर क्षति गरेको छ। त्यस्तै तराई तथा समथर भूभामगमा डुबान र कटान गरेर क्षति पु¥याएको छ। वर्षाले त्रियुगा नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, ९, ११, १२ र १३ का अधिकांश भूभाग डुबाएको छ।

उता कटारी नगरपालिकाका विभिन्न वडाहरु पनि डुबानमा परेका छन्।  

प्रकाशित: १३ आश्विन २०८१ १०:३८ आइतबार