समाज

सप्तकोशीले पुलमाथि थुपारिदियो फोहोरको डङ्गुर

सप्तकोशी नदीले पुलमाथि फोहोरको डङ्गुर थुपारिदिएको छ। लगातारको वर्षाका कारण सप्तकोशीको पानी कोशी ब्यारेजको पुलमाथि बग्न थालेपछि पुलमा फोहोरको डङ्गुर थुप्रिएको हो।

शनिवार सप्तकोशीको पानीले खतराको तह पार गर्दै पुलमाथिबाट बग्न थालेको थियो। पानीको ठूलो बेगले सप्तकोशी नदीमा रहेका फोहोरको डङ्गर पुलमा थुप्रिएको छ। प्लास्टिकका बोतल र लेदोसहितको फोहोर पुलमा जम्मा भएपछि अहिले आवतजावतमा समस्या भइरहेको छ।

पुलमाथिबाट पानी बग्न थालेपछि आवतजावत समेत बन्द गरिएको थियो।

अहिले भने विस्तारै पानीको तह घट्दै गएको छ।  

प्रकाशित: १३ आश्विन २०८१ ०८:४७ आइतबार