समाज

बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको सङ्ख्या १०२ पुग्यो, ६४ जना बेपत्ता

लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको सङ्ख्या १०२ पुगेको छ।

सशस्त्र प्रहरी बल नेपालका अनुसार बाढी, पहिरो र डुबानमा परी ६४ जना बेपत्ता रहेका छन् भने ४५ जना घाइते भएका छन्।

सशस्त्र प्रहरी बल नेपालका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार सबैभन्दा धेरै काठमाडौँ उपत्यकामा ४८ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता रहेका छन्।

उनले हालसम्म कोशी प्रदेशमा १५ र मधेश प्रदेशमा २, बागतमी प्रदेशमा ३७ जनाको मृत्यु भएको छ।  

प्रकाशित: १३ आश्विन २०८१ ०८:१३ आइतबार