समाज

भक्तपुरमा ५ जनाको मृत्यु

अविरल वर्षाको कारण भक्तपुर जिल्लामा पाँच जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरले जनाए अनुसार अविरल वर्षाको कारण हालसम्म भक्तपुर जिल्लाको विभिन्न स्थानहरूमा बाढी, पहिरो तथा डुबानले २ जना घाइते, ४ सय १७ घर÷२२४ टहरा डुबानमा परेका छन् । साथै ५६ जना मानिसहरूको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयहरूको सहयोगमा उद्धार गरिएको छ ।

मृत्यु हुनेहरूमा कालिकोट सानी त्रिवेणी न.पा. ५ घर भई हाल भक्तपुर सूर्य विनायक न.पा. वडा नं. ९ सूर्य मोड बस्ने वर्ष २४ की बमिला शाही (९ महिनाको गर्भ रहेको ), सोही ठाउँमा घर भई सोही स्थानमा बस्ने वर्ष १४ की मनीषा शाही, सोही ठाउँमा घर भई सोही स्थान बस्ने वर्ष ४ की श्रीया बम (पोष्टमाटर्मको लागि काठमाडौं मेडिकल अस्पताल दुवाकोट, भक्तपुर लगिएको), भक्तपुरकै सूर्य विनायक न.पा. वडा नं. ८ आशा पुरी बस्ने वर्ष ५० की मसली तामाङ र भक्तपुरकै सूर्य विनायक न.पा. वडा नं. ८ आशा पुरी बस्ने वर्ष ३७ की मनु तामाङ रहेका छन् ।

अविरल वर्षाको कारण पहिरोमा परी घाइते हुने भक्तपुरको सूर्य विनायक बालकोट गोदावरी पुलमा वर्ष ३९ की लालु सरादारलाई खोलाले बगाएको अवस्थामा घाइते भई उद्धार गरी भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको भने भक्तपुर सूर्य विनायक न.पा. ५ गुण्डु बस्ने वर्ष ७१ को सानु तामाङलाई धोवीखोलाले बगाई घाइते भई उद्धार गरी भक्तपुर अस्पतालमा उपचार भइरहेको छ । 

प्रकाशित: १२ आश्विन २०८१ १९:५६ शनिबार

#heavy rain