समाज

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, मुग्लिङ–नारायणगढमा सडक भासियाे

नारायणगढ मुग्लिङ सडकअन्तर्गत नौ किलोमा भासिएकाे सडक। तस्बिर : सडक डिभिजन कार्यालय भरतपुर

चितवनको इच्छाकामना गाउँपालिका– ३ र ४ का विभिन्न ठाउँमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।

इच्छाकामना– ३ स्थित मौवाखोला, दतिखोला र पानिधारा र वडा नम्बर– ४ को घोप्टेभीरमा माथिबाट खसेको पहिरोले पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध गरेको हो।

आज बिहान ४ बजे घोप्टेभिरमा खसेको थियो। त्यस लगत्तै इच्छाकामना– ३ स्थित मौवाखोला, दतिखोला र पानिधारामा पहिरो खसेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ। अहिले सडक डिभिजन कार्यालयको दुईवटा ‘स्काभेटर’ को प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

यस्तै नारायणगढ–मुग्लिङ सडकको नौ किलोमा सडक भासिँदा ठूला सवारी साधनको आवागमनमा पूर्णरूपमा अवरुद्ध भएको छ।

सडकको छेउमा भाग २ फिटसम्म भासिएको छ। अझै भासिने क्रम जारी रहेको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ। सोही स्थानमा जुगेडीदेखि मुग्लिनतर्फ आउँदै गरेको प्र.३–०१–०२४च ३०५६ नम्बरको बलेरो जिप जमिन भासिएको छ।

सो स्थानबाट दुईपांग्रे र हलुका सवारी मात्र पास हुने सडक कार्यालयले जानकारी दिएको छ। दबेको ठाउँमा ग्रावेल फिलिङ गरी मर्मतको काम सुरु गरिने कार्यालयले बताएको छ। कार्यालयले यस सडक खण्डमा आवश्यक सावधानीका साथ सजकता अपनाई लेनको पालना गरेर मात्र सडक प्रयोग गर्न अनुरोध गरेको छ।

प्रकाशित: १२ आश्विन २०८१ ०७:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App