समाज

कोसी प्रदेश योजना आयोगका सदस्य कोइराला र गच्छदारद्वारा शपथग्रहण

कोसी प्रदेश योजना आयोगका नवनियुक्त सदस्यद्वय नारायण कोइराला र प्रमिलाकुमारी गच्छदारले आज शुक्रबार पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार साँझ आयोजित कार्यक्रममा मुख्यमन्त्री हिक्मकुमार कार्कीले उनीहरूलाई पद तथा गोपनियताको शपथग्रहण गराएका हुन  ।  शपथग्रहण समारोहमा प्रदेशका मन्त्री, प्रदेश योजना आयोगका उपाध्यक्ष, प्रदेश मन्त्रालयका सचिव, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।कोसी प्रदेश मन्त्रिपरिषदको विहिबारको  बैठकले सुनसरी जिल्ला वराहक्षेत्र –७ का कोइराला र विराटनगर महानगरपालिका–४ की गच्छदारलाई सदस्य पदमा नियुक्ति गर्ने निर्णय गरेको थियो ।

प्रकाशित: ११ आश्विन २०८१ २१:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App