वनस्थलीस्थित अन्नपूर्ण चोक नजिकै मोटरसाइकल खोलामा खस्दा चालक बेपत्ता भएका छन्।
शुक्रबार साँझ काठमाडौं महानगरपालिका-१५ वनस्थलीस्थित बागमती प्रदेश ०२-०१८ प २९७३ नम्बरको मोटरसाइकल र चालकलाई खोलाले बगाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। बेपत्ता हुनेमा सिन्धुपाल्चोक घर भई हाल रानिवन वस्ने १९ वर्षीय राजन श्रेष्ठ भएको प्रहरीले जनाएको छ ।
प्रकाशित: ११ आश्विन २०८१ २०:५३ शुक्रबार