समाज

नारायणगढ-मुग्लिन सडकमा शुक्रबार राति सवारी आवागमनमा रोक लगाइने

नारायणगढ-मुग्लिन सडकमा आज (शुक्रबार) रातिको समयमा गाडी चलाउन रोक लगाइएको छ।

बिहीबार रातिदेखि परिरहेको वर्षाका कारण रातिमा पहिरोको जोखिम  बढी हुने भएकाले आज बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको हो।

जिल्ला सुरक्षा समितिले पहिरोको आङ्कलन गरी सवारी सञ्चालन गर्न रोक लगाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख भावेश रिमालले जानकारी दिए।

'नारायणगढ मुग्लिन सडक खण्ड पहिरोको उच्च जोखिम क्षेत्र हो।  गृह मन्त्रालयले समेत अवस्था हेरेर रातिमा सवारी आवागमन गर्न निर्देशन गरेको अवस्था छु, प्रहरी प्रमुख रिमालले भने, 'जिल्ला सुरक्षा समितिले आज राति सवारी चलाउन निर्णय गरेको छ।' 

उनका अनुसार यस राजमार्ग भएर गुड्ने सवारी साधनलाई नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा रोकिने छ।  चितवन आसपासका जिल्लामा अत्याधिक वर्षा भएका कारण जरुरी काम बाहेक यात्रा गर्ने समेत उनले सुझाव दिएका छन्।

प्रकाशित: ११ आश्विन २०८१ १६:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App