समाज

अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन

गयरातिको अविरल वर्षासँगै आएको पहिरोले अवरुद्ध बनेको कर्णाली राजमार्ग दुई घण्टा पछि खुलेको छ। कालीकोटको गगनेखोला, एसमोड लगाएतका ठाउँमा खसेको पहिरो हटाए पछि राजमार्ग सञ्चालनमा आएको हो।

राजमार्ग खुलेसँगै रोकिएका सवारीसाधन गन्तव्यतिर लागेका छन्। ‘राजमार्गमा खसेको सबैतिरको पहिरो पन्छाएपछि सडक खुलेको छ,’ जिल्ला ट्राफिक प्रहरी इन्चार्ज टोपबहादुर महताराले भने, ‘यात्रा गर्दा सावधानी अपनाउनुपर्ने देखिन्छ। अझै पनि जोखिम कायमै छ।’ रातिको समयमा राजमार्गमा यात्रा नगर्न समेत उनको आग्रह छ।

कालीकोटको गगनेखोलामा सबैभन्दा बढी पहिरो खस्ने भएकोले सास्ती भइरहेको छ। ‘यहाँ हरेक वर्ष दैनिक हजारौं यात्रुले सास्ती पाइरहेका हुन्छन्,’ गैरसरकारी संथा महासंघ कालीकोटका अध्यक्ष बिरेन्द बुढाले भने, ‘यसको दिर्घकालीन समाधानको लागि सरकारले आवश्यक बजेट व्यवस्थापन गर्न जरुरी छ।’

पहिरोले सडक ठप्प हुँदा झण्डै तीन हजारभन्दा बढी यात्रु अलपत्र परेका थिए।

प्रकाशित: १० आश्विन २०८१ ०९:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App