समाज

सांकेतिक भाषाको अन्तर्राष्ट्रिय दिवस: दोभाषे राखेर शिक्षा र रोजगारीको माग

‘साङ्केतिक भाषा अधिकारकालागि संकेत गरौ’ भन्ने नाराका साथ कपिलवस्तुमा सांकेतिक भाषाको अन्तर्राष्ट्रिय दिवस मनाइएको छ । कपिलवस्तु नगरपालिकाको सहयोगमा कपिलवस्तु बहिरा संघले तौलिहवामा र्‍याली र सभा गरी दिवस मनाएको हो ।  

सो अवसरमा लुम्बिनी प्रदेश सदस्य सुधाकर पाण्डेयले बोल्नसुन्न नसक्नेलाई सांकेतिक भाषाको माध्यमको पहुँच बढाउनु पर्ने बताए । उनले यस्ता नागरिकहरुलाई शिक्षाको पहुच बढाई बिभिन्न रोजगारीको अवसरमा समेत दिनु पर्ने बताए । उनले यसका लागि संघ, प्रदेश र पालिकाहरुले समेत उनीहरुको सवाललाई सम्बोधन हुने किसिमका नीति र कार्यक्रम ल्याउनु पर्ने बताए ।  

सो अवसमरा बहिरा संघका जिल्ला अध्यक्ष रिन्कु कसौधनले आफूहरु जस्तो बोल्न र सुन्न नसक्नेहरुका लागि सरकारले दोभाषेको व्यवस्था गुर्नुपर्ने बताए । दोभाषे नहुँदा आपुूहरु जस्ता थुप्रै नागरिकहरु जीवनयापनमा समस्या आएको र शिक्षाको ज्योतिबाट समेत बंचित हुनुपरेको उनले बताए । उनले शिक्षा, रोजगार र जीवनयापनकालागि सांकेतिक भाषा सहीतको दोभाषेको ब्यवस्था गर्नु पर्ने उनले बताए ।

जिल्लाका बोल्न र सुन्न नसक्ने नागरिकको अझै सम्म यकिन तथ्यांक नभएको उनले बताए । बहिरा संघका जिल्ला अध्यक्ष अग्रहरीको अध्यक्षतामा भएको कार्यक्रममा युवा नेता राजेश ज्ञवाली, तालेश्वरनाथ सस्कृत उमाबिका प्रअ पुजारी चौधरी, सरिता क्षेत्रीले मन्तब्य दिएका थिए ।  

 

प्रकाशित: ७ आश्विन २०८१ १७:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App