समाज

अत्यधिक गर्मीका कारण कक्षा कोठा मै ८ जना बेहोस

पर्साको पोखरिया नगरपालिका वडा नम्बर ४ मा रहेको जिल्ला उचाँगल रामदेव कलवार माध्यमिक विद्यालय पोखरियामा अध्ययनरत ८ जना विद्यार्थीहरू अत्यधिक गर्मीका कारण कक्षा कोठा मै बेहोस भएका छन् ।

बेहोस हुनेमा कक्षा ७ मा अध्ययनरत सोनु ठाकुर र लालसा कुमारी यादव , कक्षा ९ मा अध्ययनरत नेहा कुमारी, मनिता कुमारी यादव ,अन्तिमा कुमारी राम ,चन्दा कुमारी ठाकुर ,निसमा कुशवाहा , साजदा खातुन , रहेका छन् । 

बेहोस भएका विद्यार्थीको उपचार  पोखरिया अस्पतालमा भइरहेको र ती बिधार्थीहरुको अवस्था सामान्य रहेको अस्पताल प्रशासनले जनकारी दिएको छ । 

यता यस सम्बन्धमा पोखरिया नगर पालिकाले नगरपालिका अन्तर्गत सञ्चालित विद्यालयहरूमा अध्ययनरत बालबालिकाहरूमा अत्यधिक गर्मीका कारण पर्ने प्रति कुल अवसरलाई मध्यनजर गर्दै भोलि ८ गते देखी ११  गते सम्म विद्यालय बिहान ६ बजे देखी मौसमको अनुकूलता अनुसार संचालन गर्न गराउनु भनी पोखरिया नगरपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव द्वारा हस्ताक्षरित पत्रमा उल्लेख गराएको छ।

प्रकाशित: ७ आश्विन २०८१ १५:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App