समाज

अदालतबाट भागेका थुनुवा थप लागु औषधसहित पक्राउ

काठमाडौं जिल्ला अदालत परिसरबाट भागेका थुनुवा थप लागु औषधसहित पक्राउ परेका छन्।  

म्याद थप गर्ने क्रममा सिराहाका सञ्जीवकुमार यादव आइतबार जिल्ला अदालत परिसर बबरमहलबाट फरार भएका थिए। उनलाई प्रहरीले ललितपुरबाट पुनः नियन्त्रणमा लिएको हो।  

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, उनको साथबाट प्रहरीले थप लागु औषध बरामद गरेको र सोबारे पनि थप अनुसन्धान सुरु भएको छ।

प्रकाशित: ७ आश्विन २०८१ १५:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App