समाज

दुर्गा प्रसाईंको रिहाइ माग गर्दै सर्वोच्चमा निवेदन

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दिप्रत्यक्षीकरणको निवेदन मुद्दा गएको छ।

यद्यपि निवेदनमाथि अध्ययन भइरहेकाले दर्ता भने भएको छैन। साइबर अपराधको आरोपमा प्रसाईं आइतबार पक्राउ परेका हुन्।

काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुसन्धानका लागि ३ दिनको म्याद दिएको छ। यसैबीच, स्वास्थ्यमा समस्या देखिएपछि प्रसाईंलाई वीर अस्पताल भर्ना गरिएको छ।

उच्च रक्तचापको समस्याका कारण प्रसाईंलाई अस्पताल भर्ना गरिएको प्रहरीको भनाइ छ।

प्रकाशित: ७ आश्विन २०८१ १५:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App