समाज

ब्राउन सुगरसहित दुई जना पक्राउ

सुर्खेतमा ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्।

वीरेन्द्रनगर नगरपालिका १ आनन्दश्ररस्थित एक घरमा लागूऔषध रहेको सुचना पाएपछि प्रहरीले गरेको खानतलासमा ब्राउन सुगर फेला परेको हो।

सोक्रममा प्रहरीले २३ वर्षीया अमृता कार्की र ३४ वर्षीय डक्मर बहादुर भण्डारीलाई पनि नियन्त्रणमा लिएको छ।

उनीहरुको शरिर तथा कोठामा प्रहरीले खानतलासी लिएको थियो। उनीहरु सुत्ने बिस्तरामुनी राखेको पिलेटमा हरियो प्लाष्टिकभित्र राखिएको १ पुडिया बरामद गरिएको जनाईएको छ। १.६७० ग्राम र बिस्तरामुनीबाट ससाना प्लाष्टिकका टुक्राहरुसहित केही रकमसमेत बरामत गरेको प्रहरीको भनाइ छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ७ आश्विन २०८१ १२:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App