समाज

तपाईंकाे आजकाे राशिफल

मेष राशिः परिश्रमको उचित लाभ प्राप्त हुने छ। आफन्तहरुसँग रमणीय भेटघाट हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ। बस्त्र सम्बन्धी व्यवसायमा राम्रो छ। समाजिक पद र सम्मान मिल्ने छ।

वृष राशिः विद्यार्थीका लागि अध्ययनमा रुची बढ्ने छ। सामान्य शिर रोग देखा पर्न सक्ने छ। बाहिरी काममा मतान्तर हुन सक्ने हुँदा, त्यसबाट जोगिनु होला। साथीहरुबाट सहयोग मिल्ने समय देखिन्छ।

मिथुन राशिः दाम्पत्य जीवनमा वैचारिक एकतामा बाधा हुने समय छ। वैदेशिक इष्टमित्रबाट सहयोग ढिला मिल्ने छ। जागिर प्राप्त हुनेछ। दाजुभाइबीच कार्य गर्दा शुभ छ। रोजगारबाट कम फल मिल्ने देखिन्छ।

कर्कट राशिःव्यापार व्यवसायमा फल प्राप्तिको समय छ। कठिन पराक्रमबाट कार्यसिद्धि हुने र राम्रो फल प्राप्त हुनेछ। सम्मान प्राप्त हुने दिन छ। अध्ययनको क्षेत्रमा दिन शुभ रहेको छ। उपलब्धिपूर्ण आर्थिक लाभ हुनेछ।

सिंह राशिः वैदेशिक यात्राको योग देखिन्छ।भूमि लाभको योग छ। माया प्रेमभावले पारिवारिक सदस्यहरुबीच शुभ सम्वन्ध रहने छ। आर्थिक लाभ हुने दिन रहेको छ । प्रगतिले परिवारमा समृद्धि ल्याउने छ।

कन्या राशिः वाणी प्रभाव वढ्ने छ। दिमागी कार्यमा वृद्धि र सफल हुने देखिन्छ। स्वास्थ्यमा सामान्य बाधा देखिन्छ। सन्चित धन खर्च हुने समय छ। अध्यापनमा सफलता मिल्ने योग छ। नयाँ जिम्मेवारी प्राप्त हुने योग छ।

तुला राशिः ठूला र नवीन कार्यमा हात नहाल्नु राम्रो हुन्छ। विद्यार्थीका लागि पढाई राम्रो छ। नेत्र रोगको समस्या देखिई स्वास्थमा हल्का वाधा आउन सक्छ। व्यवसायमा सामान्य लाभ देखिन्छ।

वृश्चिक राशिः मित्रसँग वैचारिक एकताको समय रहेको छ। उन्नति प्रगति हुने दिन छ। स्वदेश, विदेश यात्राको योग रहेको छ। विद्यार्थीका लागि पढाइ, लेखाइ रुची बढ्ने योग छ। धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ।

धनु राशिः प्रेम आकर्षणमा र सफलता मिल्ने छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। वाणी प्रभाव वढ्ने छ। विद्यार्थीका लागि अध्ययनमा रुची बढ्ने छ। आर्थिक लाभ कम हुने दिन रहेको छ।

मकर राशिः दाम्पत्य बिचार राम्रो रहने छ। पारिवारिक सदस्यहरुबीच सुमधुर सम्बन्ध रहने छ।पुराना व्यक्तिहरुबाट लाभ मिल्नेछ। मित्रको सहयोगबाट सुरु गरिएको कार्यमा सफलता मिल्नेछ। पढाईमा रुची बढ्नेछ।

कुम्भ राशिः कार्यमा योग्यता अनुसारको सुविधा मिल्ने छ। भ्रमण गर्नु शुभ छ। स्वास्थ्यमा सामान्य राम्रो छ। वैदेशिक रोजगारमा राम्रो फल मिल्नेछ। व्यवसायमा फल प्राप्तिको समय राम्रो छ।

मीन राशिःआफन्तबाट आफ्नो, दिएको धन आउने छ। आफन्तहरुसँग शुभ भेटघाट हुनेछ। राजनीतिक सम्मान प्राप्त हुने दिन छ। व्यापार व्यवसायमा वृद्धि हुने देखिन्छ। यात्रामा सफलता मिल्ने छ।  

प्रकाशित: ७ आश्विन २०८१ ०६:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App