समाज

नागरिककर्मी बम ‘युवा पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत

नागरिक दैनिकका संवाददाता अरूण बम ‘प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार’बाट पुरस्कृत भएका छन् । प्रेस काउन्सिल नेपालले आफ्नो ५५ औं वार्षिकोत्सवका अवसरमा पत्रकार बमलाई पुरस्कृत गरेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा आइतबार राष्ट्रपति कार्यालयमा आयोजित वार्षिकोत्सव समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ र प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पुरस्कार राशि र प्रमाणपत्रसहित पत्रकार बमलाई पुरस्कृत गरेका हुन् ।

डेढ दशकदेखि पत्रकारितामा रहेका पत्रकार बम २०७१ सालदेखि नागरिक दैनिकमा कार्यरत छन् । सुरुवातमा डोटी जिल्ला संवाददाताका रूपमा काम गरेका पत्रकार बम अहिले काठमाडौंमा बसेर समसामयिक मुद्दामा कलम चलाउँछन् ।

पत्रकार बम पत्रकारिता क्षेत्रमा योगदान पुर्‍ याएका आधारमा विभिन्न सामाजिक संघसंस्थाबाट सम्मानित एवं पुरस्कृत भइसकेका छन् ।

प्रकाशित: ६ आश्विन २०८१ १९:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App