समाज

नागरिककर्मी पौडेल क्रियाशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत

नागरिककर्मी दिलीप पौडेल प्रेस काउन्सिल नेपालले प्रदान गर्ने क्रियाशील पत्रकारिता पुरस्कार–२०८१ बाट पुरस्कृत भएका छन्।

पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशील रही विशेष योगदान पुर्‍याए बापत पौडेललाई प्रेस काउन्सिल नेपालले आफ्नो ५५ औं वार्षिकोत्सवका अवसरमा पुरस्कृत गरेको हो।

नागरिक दैनिकको आर्थिक ब्युरो प्रमुख रहेका पत्रकार पौडेललाई राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा आइतबार राष्ट्रपति कार्यालयमा आयोजित वार्षिकोत्सव समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ र प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पुरस्कार राशि र प्रमाणपत्रसहित पुरस्कृत गरेका थिए।

डेढ दशकदेखि पत्रकारितामा सक्रिय पौडेलले यसअघि दर्जनौं सम्मान तथा पुरस्कारबाट सम्मानित भइसकेका छन्। आर्थिक तथा खोज पत्रकारितामा दक्खल राख्ने पौडेलले बारबरा एडम्स खोज पत्रकारिता पुरस्कार, नेपाल आर्थिक पत्रकार समाजले प्रदान गर्ने सेजन अवार्ड, नेपाल उद्योग वाणिज्य महासंघबाट उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार लगायतका पुरस्कार पाइसकेका छन्। 

पत्रकारिताको माध्यमबाट राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै जनसेवा श्री पदकबाट पनि सम्मानित भएका थिए।

प्रकाशित: ६ आश्विन २०८१ १८:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App