समाज

नारायण नगरपालिकामा एक हप्तामै नयाँ हाकिम

दैलेखको नारायण नगरपालिकामा एक हप्तामै नयाँ प्रमुख प्रशासकीय अधिकृतको सरुवा हुने गरेको छ। मन्त्रालयले भदौ २७ गते पठाएका उपसचिवलाई रद्द गरेर फेरि शाखा अधिकृतलाई असोज ४ गते प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ २७ गते उपसचिव भूपेन्द्र पाण्डेयलाई दैलेखको नारायण नगरपालिकामा सरुवा गर्‍यो। फेरि मन्त्रालयले असोज ४ गते यो सरुवा बदर गर्दै जिल्ला समन्वय समिति दैलेखका समन्वय अधिकारी शाखा अधिकृत रेशमबहादुर बुढालाई नारायण नगरपालिकाको जिम्मेवारी दिएर पठायो।

यसरी हप्तैपिच्छे राजनीतिक गन्ध आउने गरी नगरमा प्रमुख प्रशासकीय अधिकृत सरुवा हुँदा उपसचिव आउनै मान्दैनन्। नगरमा आउन इच्छुक उपसचिवलाई नगरका प्रमुखले रोक्न थालेपछि यसअघि पनि रेशमबहादुर बुढा नै प्रमुख प्रशासकीय अधिकृतका रूपमा रहेका थिए।

नारायण नगरपालिकामा आउने प्रमुख प्रशासकीय अधिकृतहरू राजनीतिक दबाबका कारण काम गर्न कठि नहुने बताउँछन्। यसअघिका प्रमुख प्रशासकीय अधिकृत दीपक आर्चायसँग नगरप्रमुखको आमनेसामने हुने गरी लफडा नै भएको थियो।

प्रकाशित: ६ आश्विन २०८१ ०७:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App