समाज

दशैंतिहारमा गाडीभाडा नबढ्ने

चाँडो अग्रिम टिकट बुकिङ खुला गर्न सरकारको निर्देशन

नजिकिँदै गरेका चाडपर्वमा गाडीभाडा नबढ्ने भएको छ । सरकार र यातायात व्यवसायी महासंघबीच शनिबार भएको छलफलमा दशैं, तिहार र छठका समयमा सवारी साधनको भाडादर अहिलेकै कायम राख्ने सहमति भएको हो ।    

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको उपस्थितिमा भएको छलफलमा यायातात व्यवसायीबीच दशैं, तिहार र छठ पर्वलाई ध्यानमा राखेर विभिन्न ७ बुँदे सहमति भएको छ । 

छलफलमा इन्धनको मूल्य ५ प्रतिशतभन्दा बढी वृद्धि हुँदा गरिने वैज्ञानिक भाडा समायोजन र अन्य कारणले गर्नुपर्ने समायोजन छठपर्वपछि मात्र गर्ने सहमति भएको हो । छठपछिको एकसाता भित्र भाडादर समायोजन गर्न दुवै पक्ष सहमत भएको र सोही अनुसारको व्यवस्था मिलाउन यातायात भन्त्रालयले यातायात व्यवस्था विभागलाई निर्देशन दिएको छ ।  

यस्तै सरकारले सवै सडकहरुको मर्मतसम्भार घटस्थापना अघि नै गरिसक्न समेत विभागलाई भनेको छ । दशैंतिहार र छठमा घरजाने सर्वसाधारणले दुःख नपाउनु भन्ने उद्धेश्यले सो निर्देशन भएको मन्त्री दाहालले जानकारी दिए ।  

यस्तै यात्रुहरुको यात्रा सुनिश्चित एवं सुरक्षित गर्न यातायात व्यवस्था विभागसँग आवश्यक छलफल गरी दशैंतिहारका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्न समेत सरकारले यातायात व्यवसायीलाई आग्रह गरेको छ । 

प्रकाशित: ५ आश्विन २०८१ ११:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App