समाज

किन सञ्चालनमा आएन सुनवलको पशु अस्पताल?

जिल्लाको सुनवल-२ रजहवामा एक करोड ५१ लाख रुपैयाँको लागतमा निर्माण गरिएको पशु अस्पताल सञ्चालनमा आउन सकेको छैन।

ठेकेदारले काम सम्पन्न गरेर नगरपालिका तथा वडा कार्यालयलाई हस्तान्तरण गरेको दुुई वर्ष भइसकेको छ। जनप्रतिनिधिहरूबिच केही प्राविधिक तथा व्यवस्थापकीय पक्षका बारेमा कुरा नमिलेपछि अस्पताल प्रयोगमा आउन नसकेको वडाध्यक्ष राजेन्द्र यादवले बताए। उनले अस्पताल प्रयोगमा नआउँदा बनेकै संरचनासमेत बिग्रन थालेको गुनासो गए।

‘अस्पताल भवन प्रयोगमा नआउँदा यहाँ फलाम र भित्तामा लगाएको रङमा खिया लाग्न थालिसकेको छ। दिनप्रति दिन भवनको अवस्था बिग्रन थालेको छ’, उनले भने, ‘संघीय सरकार वडा कार्यालयको संयुक्त लगानीमा बनेको भवन प्रयोगमा नआउँदा कम्पाउन्डभित्र झारपात उम्रेर जंगलजस्तै बनेको छ।’

सुनवल नगरपालिकाकी अध्यक्ष विमला अर्यालले अस्पताल सञ्चालनका लागि थप कर्मचारीको आवश्यकता भएकाले त्यसको व्यवस्थापन हुन नसक्दा केही समस्या रहेको बताए।

उनले यहाँ देखिएका समस्या समाधानका लागि छलफल भइरहेकाले चाँडै सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए। अस्पताल सञ्चालन नहुँदा यहाँका किसानले घरपालुवा जनावर बिरामी हुँदा उपचारका लागि समस्या भोग्नु परिरहेको छ।

-रासस

प्रकाशित: ५ आश्विन २०८१ ०७:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App