समाज

सहुलियत पसलमा उपभोक्ताको आकर्षण (तस्बिरहरू)

दसैँ-तिहार लगायत चाडपर्वलक्षित सहुलियत पसल बिहीबारदेखि सञ्चालनमा आएका छन्।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीस्तरीय निर्णयबमोजिम खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४२ जिल्लाका ६३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको हो। त्यसका लागि ३ करोड रुपैयाँ बजेट छुट्याएको सरकारले जनाएको छ।

काठमाडौं उपत्यकामा भने थापाथली, रामशाहपथ, नख्खु, सूर्यविनायकमा पसल सञ्चालन भएका छन्। काठमाडौं उपत्यकाका सुपथ मूल्य पसलमा भने अनलाइन अर्डरमार्फत होम डेलिभरी सेवा समेत रहेको छ।

सहुलियत पसल खुलेसँगै उपभोक्ताहरूको आकर्षण बढेको छ। अहिले सहुलियत पसलमा सामान किन्न उपभोक्ताहरूको भिड लाग्ने गरेको छ।

प्रकाशित: ४ आश्विन २०८१ १८:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App