समाज

अर्घाखाँचीका ३३ जनाले नेपाली नागरिकता त्यागे

अर्घाखाँचीका ३३ जनाले आफ्नो नेपाली नागरिकता त्याग गरेका छन्।

जिल्ला प्रशासन कार्यालयले दिएको जानकारी अनुसार विदेशमै बस्ने मनसाय बनाएर उतैको नागरिकता लिएका ३३ जना नागरिकले नेपालको नागरिकता परित्याग गरेका हुन्।

वैवाहिक सम्बन्ध, पठन–पाठन, रोजगारी, व्यापार लगायतका कारणले जिल्ला प्रशासन कार्यालयमा नागरिकता परित्यागको माग गर्दै निवेदन पर्ने गरेको छ। विशेष गरी अमेरिका, अस्ट्रेलिया, जापान लगायत युरोपियन मुलुक जाने र त्यहाँको परिचय–पत्र लिएपछि नेपालको नागरिकता परित्याग  गर्ने गरेको पाइएको हो।

नेपाल नागरिकता ऐन २०६३ जारी भएपछि प्रशासन कार्यालयबाट ३३ जनाले नागरिकता त्याग गरेका जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनुलाल पन्थीले जानकारी दिए।  विसं। २०७२ साल देखी जिल्ला प्रशासनले नागरिकता त्यागेको अभिलेख राख्दै आएको छ। २०७२ साल यता ३३ जनाले औपचारिक रुपमा निवेदन दिएर नागरिकता त्यागेका हुन्।

कुनै नेपालीले नागरिकता त्याग्न चाहेमा नागरिकता त्याग्न चाहेको व्यक्ती नेपालमै बसेको भए सम्बन्धित प्रमुख जिल्ला अधिकारी समक्ष तथा नेपाल बाहिर बसिरहेको भए सम्बन्धित नेपाली राजदूत वा नेपाली नियोग प्रमुख, महावाणिज्य दूत वा वाणिज्य दूतसमक्ष निवेदन दिनुपर्ने हुन्छ।

अर्घाखाँचीबाट गत आव २०८०/०८१ मा मात्र १८ जनाले गैर आवासीय नागरिकता बनाएका छन्। यो आव मा सात हजार ६ जनाले नेपाली नागरिकता बनाएकामा १८ जनाले गैर आवासीय तथा ६ जनाले वैवाहिक आंगिकृत नागरिकता बनाएका प्रशासनले जनाएको छ। जनगणना २०७८ अनुसार अर्घाखाँचीको कुल जनसंख्या १ लाख ७७ हजार ८६ रहेको छ।

प्रकाशित: ४ आश्विन २०८१ १६:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App