समाज

नेपाल पत्रकार महासङ्घ निर्वाचनः अन्तिम समयमा उम्मेदवार मनोनयन कार्यक्रम स्थगित

नेपाल पत्रकार महासङ्घको निर्वाचन अन्तर्गत आजको लागि तय भएको उम्मेदवार मनोनयन कार्यक्रम स्थगित भएको छ।

निर्वाचन समितिले आज एक सूचना जारी गर्दै आजका लागि तय उम्मेदवार मनोनयन कार्यक्रम स्थगित भएको जनाएको हो।

समितिले जारी गरेको सूचनामा निर्वाचनको कार्यक्रम अन्तर्गत उम्मेदवारको मनोनयन दर्ता गर्नको लागि २०८१ असोज ०४ गते मिति तोकिएकोमा नेपाल पत्रकार महासङ्घबाट प्राप्त पत्र अनुसार २०८१ असोज ०४ गतेको उम्मेदवारको मनोनयन दर्ता लगायतका कार्य तालिकामा समावेश कार्यक्रम अर्को सूचना जारी नभए सम्मको लागि स्थगित गरिएको उल्लेख गरिएको छ।

यसअघि भदौ ३० गते निर्वाचन समितिले महासङ्घको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गर्दै असोज १२ गते निर्वाचन हुने बताएको थियो।

प्रकाशित: ४ आश्विन २०८१ ०९:५३ शुक्रबार