समाज

मंगल ग्रहमा पुग्ने वास्तविक समस्या

यस्ताे पनि!

मिर्गाैलाकाे पत्थर

मानिसले मंगल ग्रह पुग्ने सपना देख्न थालेको निकै भइसक्यो। कयौँ अध्ययन–अनुसन्धान यान पनि त्यहाँ पुगिसकेको छ। त्यहाँका कयौँ तस्बिरहरू पनि ती यानहरूले पृथ्वीमा पठाइसकेका छन्।

यतिबेला वैज्ञानिकहरू एउटा नयाँ परीक्षणमा छन्। सो परीक्षण भन्छ, मान्छे मंगल गृहमा पुग्न त सक्छ तर उसका सारा कुरा त्यसका लागि समक्ष भए पनि मिर्गौला भने असक्षम हुन सक्छ।

स्वस्थ मिर्गौलाले रगत र पानीलाई छान्ने गर्छ। यसले नुन र खनिज पदार्थहरूलाई पिसाबका रूपमा फ्याँकिदिन्छ। अब अन्तरीक्षमा रहेका वैज्ञानिकहरूको रगत सफा गर्ने प्रक्रियामा केही अवरोध आउँछ।

केही वैज्ञानिकहरू भन्छन्, ‘कम गुरुत्वाकर्षण भएको क्षेत्रका कारण मानिसको हड्डी चाँडै नै खिइने वा कमजोर हुन थाल्छ। यस्तोमा रगतमा क्याल्सियमको तह बढ्न थाल्छ। जब अन्तरिक्षमा लामो समय बिताइन्छ र पृथ्वीमा फर्किइन्छ, त्यस्तो बेलामा मिर्गौलाले आफ्नो काम गर्न गाह्रो हुन्छ। खासगरी मृगौलाको टुबुल्समा समस्या उत्पन्न हुन्छ। टुबुल्सले नुन र खनिजको तहलाई व्यवस्थापन गर्ने गर्छ। अन्तरिक्षको माइक्रोग्राभिटी (सूक्ष्म गुरुत्वाकर्षण) र आकाशगंगामा पाइने ब्रह्माण्डीय विकिरणले मिर्गौलाको कार्यलाई असर पु¥याउँछ।

अन्तरिक्षमा कार्य गरिरहेका र पृथ्वीमा कार्य गरिरहेका दुई किसिमका वैज्ञानिकहरूको स्वास्थ्य परीक्षण गर्दा स्वस्थ नुन र खनिजको तह फरक पाइएको देखिएको अध्ययनमा बताइएको छ।

त्यसो त मिर्गौलाले वातावरणसँग आफूलाई अनुकूलन बनाउने गर्छ तर अनुकूलन बनाउने क्रमले उसले आफूलाई हानि पु¥याउने गतिविधि गर्ने सम्भावना रहेको देखिएको छ।

यस्तोमा अन्तरिक्षमा बढी समय बिताउनेहरूमा मिर्गौलासम्बन्धी समस्या बढी देखिन्छ र यसमा ब्रह्माण्डीय विकिरणले भूमिका खेल्ने वैज्ञानिकहरूको मत छ। पृथ्वीमा ब्रह्माण्डीय ऊर्जाबाट जोगाउने जुन किसिमको रक्षाकवच छ, त्यो अन्तरिक्षमा हुँदैन।

यस्तोमा त्यसले अन्तरिक्षयात्रीहरूको शरीरमा घातक किसिमको असर पु¥याउने देखिनेमा शंका नरहेको जर्जटाइन युनिभर्सिटीकी रेडियोथेरापी शोधकर्ता इभाजेलिया लैयाकिस बताउँछिन्।

यस अनुसन्धानले आइन्दा शक्तिशाली विमान बनाउनुपर्ने आवश्यकता पनि देखिएको वैज्ञानिकहरूले बताएका छन्। लामो समयसम्म त्यस्ता शक्तिशाली विकिरणबाट जोगाउने उपाय खोजिएको खण्डमा र मान्छेको स्वास्थ्यमा देखिने ससाना समस्या समाधान गर्न सके मात्र, मंगलसम्म पुग्ने मान्छेको सपना वास्तविक रूपमा पूरा हुने वैज्ञानिकहरूको मत छ।

प्रकाशित: ४ आश्विन २०८१ ०९:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App