समाज

देशभर आंशिकदेखि साधारणतया बदली, यी प्रदेशमा मध्यम वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले विस्तारै मनसुन कमजोर हुँदै गएको बताएको छ। महाशाखाका अनुसार सेप्टेम्बर सकिनै लाग्दा मनसुन पनि विस्तारै कमजोर हुँदै गएको हो। महाशाखाले आगामी तीन दिनसम्मै देशका विभिन्न भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेपनि भारी वर्षाको सम्भावना भने नरहेको बताएको छ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ भने देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ।

कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानहरूमा, गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तो रहनेछ आगामी दुई दिनको मौसमः

२०८१ असोज ०५ गते (शनिवार)

दिउँसोː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातिː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०८१ असोज ०६ गते (आईतवार)

दिउँसोː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातिː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा पहाडी भू–भागका भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: ४ आश्विन २०८१ ०६:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App